१० असार २०८३, बुधबार

सुत्केरी याम, हल्ला नगर्नु ल !

साउन ३, २०७६
सुत्केरी याम, हल्ला नगर्नु ल !

रसुवा– कतै हाब्रे भन्छन्, कतै भालु बिरालो । तामाङ भाषामा तवाङ । पूर्वमा पुणे भन्छन् । हिमाली भेगमा पाइने यो दुर्लभ जनावरको अन्तर्राष्ट्रिय नाम रेडपाण्डा हो । 

हाब्रेले बच्चा जन्माउने मुख्य मौसम सुरु भइसकेको छ, सामान्यतया जेठ १५ ताकादेखि दुई महिना । यस अवधिमा बासस्थान क्षेत्र प्रवेश गरेर रेडपान्डालाई ‘डिस्टर्ब’ नगर्न लाङटाङ राष्ट्रिय निकुञ्जले सबैलाई अनुरोध गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रुभन्दा माथि चोलाङपाटी, गुप्चे, पोलाङपाटी र ढोकाचेत खर्क हाब्रेको मुख्य बासस्थान मानिन्छ । हाब्रेमाथि विद्यावारिधि गरेका संरक्षणविद् स्वर्गीय प्रह्लाद योञ्जनले यहीँ अनुसन्धान गरेका थिए ।

बासस्थान क्षेत्र वरपर आवतजावत गर्दा र होहल्लाले हाब्रेलाई ‘डिस्टर्ब’ हुने भएकाले दुई महिनाका लागि भरसक कोही पनि प्रवेश नगर्न निकुञ्जले अनुरोध गरेको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्