२४ असार २०८३, बुधबार

आईएमई मोटर्स र कामना सेवाबीच सम्झौता

आईएमई मोटर्स र कामना सेवाबीच सम्झौता

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेड र आईएमई मोटर्स प्रालि बीच व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअनुसार आईएमई मोटर्स प्रालि मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरूबाट सहज र छरितो रूपमा अशोक लेल्याण्डका विभिन्न प्रकारका सवारी साधनहरूमा कर्जा सुविधा लिन सक्नेछन् । 

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आईएमई मोटर्स प्रा लिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका थिए । 

बैंकले देशका विभिन्न भागहरूमा ९४ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्