०६ असार २०८३, शनिबार

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे अगंदानको घोषणा

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे अगंदानको घोषणा

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दम्पतीले अंगदानको घोषणा गरेका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रवार आयोजित कार्यक्रममा मन्त्री दम्पतीले अंगदानको घोषणा गरेका हुन् । 

मन्त्री ज्ञवालीसँगै उनकी पत्नी सरस्वती ज्ञवालीले पनि मृत्यु पश्चात अंगदान दिने घोषणा गरेकी छन् ।

प्रत्यारोपण केन्द्रमा अंगदाताले सहमति  जनाएपश्चात मृत्युपछि मुटु, कलेजो, फोक्सो, किड्नीजस्ता अंग दान दिन मिल्ने व्यवस्था छ ।

मन्त्री ज्ञवालीले भने, ‘हामी राजनीतिककर्मी देश र जनताका लागि सधै काम गरिरहेका हुन्छौं । मृत्युपछि पनि आफ्नो शरीरको अंगलाई नजलाएर कसैको सेवाका लागि दिन चाहेको छु ।’

शरीरको अंगदान दिनु भनेको सेवाभाव मात्र भएको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्