
काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चमा एउटा घरमा ग्यास पड्किँदा कम्तीमा ६ जना घाइते भएका छन् ।
उक्त घर काठका डढेका ठूटा र अवशेषमा परिणत भएको छ । विस्फोटको आवाज निकै परसम्म सुनिएको थियो ।
उक्त घरनजिक रहेका १७ वटा घर खाली गराइएको छ । तीमध्ये पाँचवटा घरमा आगो लागेको थियो भने अन्यमा विस्फोटका कारण उडेका कुरा परेका थिए ।
बेलिन्डा ब्लान्चफील्डले शुक्रवार भएको विस्फोटका बेलामा उनका मातापिता साथीभाइ र इष्टमित्रसँग घरभित्रै रहेको बताइन् ।
‘यो हाम्रा लागि दुःस्वप्न हो । मेरा आमाबुवा असाध्यै दयालु हुनुहुन्छ,’ उनले भनिन् ।
चौधजना छिमेकीले भयंकर ठूलो भूकम्पको जस्तो अनुभव गरेको जस्तो लागेको बताए ।
६ जनालाई अस्पताल पुर्याइएको छ । उनीहरूलाई हलुका चोटपटक लागेको छ ।
घरका मानिसले ग्यासमा समस्या रहेको त थाहा पाएका थिए तर मर्मत गराएका थिएनन् ।
एजेन्सी