
काठमाडौं–त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् ।
आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डेले बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हामफालेको प्रहरीले जनाएको छ ।
उनी कानुन व्यवसायीलाई भेट्न उक्तभवनमा सञ्चालित ल फर्ममा पुगेका थिए । परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।