२२ जेठ २०८३, शुक्रबार

आतंकवादी संगठन अलकायदाका कमाण्डार मारिए

कात्तिक २०, २०७४
आतंकवादी संगठन अलकायदाका कमाण्डार मारिए

वासिङ्गटन, १३ चैत– पाकिस्तानको सुविधा सम्पन्न हाटेललगायत पाकिस्तानमा भएका ठूल–ठूला आतङ्ककारी आक्रमणमा आबद्ध रहेका अल कायदाका उच्चस्तरीय कमान्डर अफगानिस्तानमा भएको एक हवाई आक्रमणमा मारिएका छन् । वासिङ्गटनले शनिबार सो जानकारी दिएको छ ।

पाकिस्तानी तालिवान तेहरिक ई तालिवान समूह आबद्ध कारी यासिन गत मार्च १९ का दिन अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको हवाई आक्रमणमा मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

यासिन मारिएको पुष्टि गर्नु हँुदै अमेरिकी विदेशमन्त्री जिम मार्टिसले विशेषगरी निर्दोष व्यक्ति लक्ष्य बनाउने यस व्यक्ति न्यायको कठघराबाट भाग्न नपाउने बताउनुभएको छ ।

सन् २००८ को सेप्टेम्बर २० मा इस्लामावादको मार्रिओट होटेलका भएको आक्रमणमा यासिन आबद्ध रहेका बताइएको छ । यसमा परी दुई अमेरिकी नागरिकसहित दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।

पाकिस्तानी अधिकारीका अनुसार यासिनले सन् २००३ मा पूर्वराष्ट्रपति पर्भेज मुसरफ र सन् २००४ प्रधानमन्त्री पदमा रहेका शाउकात अजिजको असफल हत्याको प्रयासमा समेत हात रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्