
एजेन्सी- वेस्ट इन्डिज भ्रमणका लागि भारतीय क्रिकेट टीमको घोषणा आइतवार मुम्बईमा हुँदैछ ।
एमएसके प्रसादको अध्यक्षतामा चयन समितिले आज मुम्बईमा पत्रकार सम्मेलन गर्दै भारतीइ टीमको घोषणा गर्दैछ ।
भारतीय टीमका नियमित कप्तान विराट कोहली पनि वेस्ट इन्डिज भ्रमणमा निस्कनेछन् । यसअघि वेस्ट इन्डिजविरुद्ध एक दिवसीय र टी-ट्वान्टी क्रिकेटमा रेस्ट लिने खबर आएको थियो । विश्वकपपछि संन्यास लिने हल्ला चलेका भारतीय विकेटकीपर ब्याट्सम्यान दुई महिनाका लागि क्रिकेटबाट बाहिर रहनेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार वेस्ट इन्डिज भ्रमणमा धोनीको स्थानमा ऋषभ पन्त जान सक्नेछन् । तर विकेटकीपरका लागि अन्य तीन नाम पनि चर्चामा छ । यसमा संजू श्यामसन र ईशान किशनको नाम पनि आएको छ ।
विश्वकपमा जसप्रीत बुमराहले शानदार बलिङ गरे । मोहम्मद शमीलाई पनि सीमित ओभरमा आराम दिइ सक्नेछ । यस्तोमा नवदीप सैनी र भुमनेश्वर कुमारलाई बलिङको जिम्मेवारी दिइन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उता बायाँ हाते बलर खलील अहमदले पनि आफ्नो दाबेदारी पेश गरिरहेका छन् । दीपक चाहर र आवेश खानले पनि टी-ट्वान्टीमा मौका पाउन सक्नेछन् ।
शिखर धवन चोटका कारण मैदानमा उपस्थित हुनै छैनन् । यस्तो अवस्थामा मयंक अग्रवाल र शुभमन गिलले पनि टीममा मौका पाउने सम्भावना बलियो छ ।
Photo : timesnownews.com