०४ असार २०८३, बिहीबार

बालुवाटारमा नेकपा सचिवालयको बैठक शुरू, दुई अध्यक्षको सहमति अनुमोदन हुने

बालुवाटारमा नेकपा सचिवालयको बैठक शुरू, दुई अध्यक्षको सहमति अनुमोदन हुने

काठमाडौं– विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीका विभिन्न विभाग गठनबारे निर्णय लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउँसो पौने २ बजेदेखि बैठक बसेको हो । गएको मंगलवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको सहमतिलाई अन्तिम रूप दिन सचिवालय बैठक बसेको हो ।

मंगलवार दुई अध्यक्षबीच गठन गर्न बाँकी रहेका विभाग गठनमा सहमति भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । नेताहरूले असार मसान्तभित्र पार्टी एकताको काम टुंगो लगाउने बताउँदै आएका थिए । 

सहमति अनुसार पार्टीको महत्वपूर्ण संगठन विभागको संयोजकको जिम्मा वामदेव गौतमले पाउने निश्चित भएको छ । अध्यक्षद्वयबीच भएको सहमतिलाई सचिवालयले अनुमोदन गरेपछि स्थायी समिति बैठकमा लगेर पारित गराउने तयारी भएको छ । 

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड सहित सचिवालयका अधिकाशं सदस्य उपस्थित छन् । सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल भने सचिवालय बैठक शुरू हुँदासम्म बैठक स्थलमा पुगेका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्