०८ साउन २०८३, शुक्रबार

बारामा गोली चल्यो, एक जनाको मृत्यु

बारामा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं- बाराको सुवर्ण गाउँपालिका-१ बगहीमा गोली चलेको छ । 

अज्ञात समूहको गोलीबाट एक जनाको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले लोकान्तरलाई जानकारी दिए ।

प्रहरीले युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको हो । मृतकको पहिचान हुन नसकेको उनले बताए ।

प्रहरी नायब उपरीक्षक राठौरका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्