काठमाडौं – अमेरिकाको उत्तर क्यारोलाइनाको समुद्री किनारमा लहरले लडाएर बालुवामा पछारिदिएपछि घाँटी भाँचिएर एक व्यक्तिको मृत्यु भएको छ ।
ली डिंगल नामक ती व्यक्तिले आके आइल्यान्डको तीरमा बिहीवार आफ्ना केटाकेटीसँग खेलिरहेको बेलामा लहरले उनलाई लडाएको थियो । पत्नी श्यानन डिंगलले यसको जानकारी दिएकी हुन् ।
लहर निकै जोडले आएपछि उनी लडेर घाँटी भाँचियो । त्यसले उनको गर्दन निकै सुन्नियो र उनको मस्तिष्क लामो समयसम्म अक्सिजनबाट वञ्चित भयो र उनी बाँच्न सकेनन् ।
उनलाई छोराछोरी तथा अन्य मानिसले बचाउन खोजेको भए पनि नसकेको पत्नीले बताइन् ।
डिंगल उत्तर क्यारोलाइनाको रालेमा एटलास इन्जिनीयरिङका अध्यक्ष थिए । उनलाई उनको मृत्युको दुई हप्ताअघि मात्र अध्यक्षमा बढुवा गरिएको कम्पनीका सिनियर पार्टनर टम काल्डवेलले बताए ।
सीएनएनबाट