![कांग्रेस अनुशासन समितिले गर्यो बागी, प्रस्तावक र समर्थकलाई कारवाही [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/congress-news_5GRk10p7Pj.jpg)
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २०७४ सालमा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको छ ।
कांग्रेस अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले सोमवार एक विज्ञप्ति जारी गर्दै बागी, प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधानको धारा ३४ को उपधारा ४(क) बमोजिम कारवाही गरेको जनाएका हुन् ।
गत असारको ३ गते बसेको केन्द्रीय अनुशासन समितिको बैठकले गरेको निर्णय बमोजिम त्यस्ता नेता कार्यकर्तालाई सम्बन्धित पार्टीको जिल्ला अभिलेखबाट हटाउने निर्णय गरेको बताए आङ्देम्बेले बताए ।
विज्ञप्तिमा केन्द्रीय अनुशासन समितिमा बाँकी त्यस्ता नेता कार्यकर्ताको नामावली छिटोभन्दा छिटो पठाउन समेत निर्देशन दिइएको छ ।
को–को परे कारवाहीमा ?
सोलुखुम्बुका दूधकोशी गाउँपालिकाका अध्यक्ष वीरबहादुर गुरुङसँगै गुरुङका प्रस्तावक र समर्थक कारवाहीमा परेका छन् । दूधकोशीकै वडा नम्बर ९ का अध्यक्ष र उनका प्रस्तावक र समर्थक र सोही गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष सँगै उनका प्रस्तावक र समर्थक परेका छन् ।
सोलुखुम्बु जिल्लाकै नेचा–सल्यान र सोताङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पनि कारवाहीमा परेको विज्ञप्तिमा जनाइएको छ । सोताङका वडा नम्बर ३ का अध्यक्ष समेत कारवाहीमा परेका हुन् । यी बागी उम्मेदवार भएका आधारमा कारवाहीमा परेका हुन् ।
रौतहटको देवानी गोनाही नगरपालिकामा अन्य पार्टीबाट वडाध्यक्षका उम्मेदवार बनेका शेख नुरुललाल र शेख आलम पनि कारवाहीमा परेका छन् भने दैलेखको भैरवी गाउँपालिका–२ नम्बर वडामा अध्यक्षका उम्मेदवार बनेका धकबहादुर थापा पनि कारवाहीमा परेका छन् । थापा तत्कालीन माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बन्न गएका थिए ।
हेर्नुस् कारवाहीमा पर्नेको नामावलीसहितको विज्ञप्ति :-

