०४ असार २०८३, बिहीबार

चन्द्रमाको दक्षिणी ध्रुवमा जाँदैछ भारतको चन्द्रयान–२, कस्तो ठाउँ हो त्यो ?

चन्द्रमाको दक्षिणी ध्रुवमा जाँदैछ भारतको चन्द्रयान–२, कस्तो ठाउँ हो त्यो ?

काठमाडौं – भारतीय अन्तरिक्ष मिसनका लागि कोशेढुंगा मानिएको चन्द्रयान–२ को प्रक्षेपण हुनै लागेको छ । यसको सबै तयारी पूरा भइसकेको छ । 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ ओराल्न तयार छ । चन्द्रमाको त्यस भागका बारेमा संसारलाई धेरै जानकारी छैन । इसरोका अनुसार, चन्द्रयान–२ चन्द्रमाको भौगोलिक वातावरण, खनिज, तत्त्व, वायुमण्डलको बाहिरी तह र पानीका बारेमा जानकारी जुटाउनेछ । 

चन्द्रमामा पुगिसकेका अमेरिका, रुस र चीन पनि त्यस ठाउँमा पुगेका छैनन् । चन्द्रमाको त्यस भागको बारेमा धेरै जानकारी आइसकेको छैन । 

भारतको चन्द्रयान–१ मिसनका बेलामा दक्षिणी ध्रुवमा हिउँ पत्ता लागेको थियो । त्यतिखेरबाट नै त्यस भागप्रति संसारका अनेक देशको रुचि छ । 

भारत यसपालिको मिसनमा दक्षिणी ध्रुवनजिक नै अवतरण गर्नेछ । चन्द्रयान–२ मार्फत भारतले बहुमूल्य सम्पत्ति खोज्न सक्ने र यसबाट खर्बौं डलर कमाइ हुन सक्ने मानिएको छ । यसले लगभग ५०० वर्षसम्म मानिसको ऊर्जा आवश्यकतालाई पूरा गर्न सक्छ अनि खर्बौं डलर कमाइ पनि गर्न सक्छ । चन्द्रमाबाट प्राप्त यो ऊर्जा वातावरणीय रूपमा सुरक्षित हुनेछ अनि यसले तेल, कोइला र आणविक फोहरबाट हुने प्रदूषण पनि हटाउनेछ ।

मिसन चन्द्रयान–२ मा भारतका लागि अनेकौं चुनौती छन् । भारत पहिलोपटक चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्नेछ । 

यसअघि जुलाई १५ मा चन्द्रयान–२ को प्रक्षेपण गरिनुपर्ने थियो तर क्रायोजेनिक इन्जिनमा लीकेज भएका कारण यसलाई सोमवारसम्मका लागि रोकिएको थियो । 

इसरोका प्रमुखले अवतरणभन्दा १५ मिनेट पहिलेको समय निकै चुनौतीपूर्ण हुने बताएका छन् । पहिलोपटक चन्द्रमामा सफ्ट ल्यान्डिङ गरिन लागेको भएर १५ मिनेट निकै तनावपूर्ण हुने उनको भनाइ छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्