०५ असार २०८३, शुक्रबार

चट्टानमा ठोकिएका थिए प्याराग्लाइडर, धन्न जोगिए (भिडियो)

चट्टानमा ठोकिएका थिए प्याराग्लाइडर, धन्न जोगिए (भिडियो)

काठमाडौं – अमेरिकाको वाशिङटन राज्यमा रहेको टाकोमाका ग्रेग ओभरटन स्विट्जरल्यान्डको लाउटेनब्रुनेनमा प्याराग्लाइडिङ गर्दै गर्दा दुर्घटनामा परेका छन् । 

उनी चट्टाने भीरमा ठोकिएका थिए तर उनी प्यारासुट मिलाएर भुइँमा सुरक्षित रूपमा अवतरण गर्न सफल भए । 

उनको प्यारासुटको छेउको भाग बिग्रेपछि उनी देब्रेतर्फ हुँदै भीरमा ठोकिन पुगे । 

ग्रेगको टाउको भीरमा ठोकियो र उनी पल्टिए र उनको प्यारासुट चट्टानमा अड्कियो ।

तर उनी दाहिनेतिर फर्किन सफल भए र पाँच मिनेटभित्र सुरक्षित हुन सफल भए । 

ग्रेगले असार २५ गते भएको यो दुर्घटनाको भिडियो बनाएका छन् । उनले थप चोटपटक लाग्ने स्थितिबाट बचेको भिडियोमा देख्न पाइन्छ । 

भिडियोमा उनी स्विट्जरल्यान्डको म्युरेनबाट उडेपछि सबै कुरा शान्त रहेको र एक उपत्यकामा आइपुगेपछि गडबडी शुरू भएको देखिन्छ । 

ग्रेगको ग्लाइडर देब्रेबाट दाहिनेतर्फ अनियन्त्रित रूपमा बांगिएको अनि ग्रेगले यस परिस्थितिलाई सुधार्न चाहेको देखिन्छ । अनि उनी डरले चिच्याएको सुनिन्छ । 

नियन्त्रण गुमाएपछि उनी चट्टानमा ठोकिन्छन् र पर्वतबाट चिप्लिन्छन् । यस क्रममा उनी चिच्याउँछन् ।

पीडाका कारण कराउँदै ग्रेगले आफूलाई सही स्थानमा राख्न सफल हुन्छन् र केही मिनेटपछि सामान्य अवतरण गर्छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्