०८ असार २०८३, सोमबार

१३ सय फीटमाथि हात टेकेर यी व्यक्तिले देखाए चटक (रोमाञ्चक भिडियो)

१३ सय फीटमाथि हात टेकेर यी व्यक्तिले देखाए चटक (रोमाञ्चक भिडियो)

काठमाडौं – नर्वेको आन्डाल्सनेसमा एस्किल रोनिङ्सबाक्केनले एउटा भर्‍याङ बनाएर त्यसमा हातले टेकेर चटक देखाएका छन् । 

तेह्रसय फीट अग्लो भ्युपोइन्टमा गएर उनले शरीरलाई सन्तुलनमा राख्दै यो स्टन्ट गरेका हुन् । 

हातले टेकेर उनले अविश्वसनीय शक्तिका साथ सन्तुलन मिलाउँदै स्टन्ट देखाए । 

उनले भने, ‘म राम्पेस्ट्रेकेन गएँ र भ्युपोइन्टसम्मको १.७ किलोमिटर हिँडेर पुगें । अनि भर्‍याङको टुप्पोमा सन्तुलन मिलाउन सकें । मैले ह्यान्डस्ट्यान्ड स्टन्ट गरें र यसलाई एकदमै मिलाएर गर्नुपर्ने हुन्छ । गल्ती पटक्कै गर्न मिल्दैन । तर म कलात्मकताका लागि यस्तो कठिन कार्य गर्ने गर्छु ।’

रोनिङ्सबाक्केनले ४०औं जन्मदिन मनाउने क्रममा यो स्टन्ट देखाएका हुन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्