०५ असार २०८३, शुक्रबार

अमेरिकामा रात्रिक्लवमा गोली चल्दा एकको मृत्यु, १४ जना घाइते

कात्तिक २०, २०७४
अमेरिकामा रात्रिक्लवमा गोली चल्दा एकको मृत्यु, १४ जना घाइते


वासिङ्टन, १३ चैत - अमेरिकाको ओहायो राज्यमा आइतबार बिहानै एक रात्रिक्लवमा गोली चल्दा कम्तिमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएका छन् ।gun_3

सिनसिनटीस्थित उक्त रात्रिकालिनक्लवमा आइतबार बिहान करिव एक बजे गोली चलेको सिनसिनटी प्रहरी विभागका सर्जेन्ट एरिक फ्रान्जले अमेरिकी एविसी न्यूजलाई बताउनुभयो ।

फ्रान्जले घटनालाई ठूलो र जटिल आक्रमण भएको भनी टिप्पणी गर्नुभयो ।

यतिबेला घटनालाई देखेका धेरै जनासँग प्रहरीले कुराकानी तथा अनुसन्धान गरिरहेको छ तर कसैलाई प्रहरी हिरासतमा नलिएको प्रहरी सर्जेन्ट फ्रान्जले बताउनुभयो ।

सिनसिनटीका प्रहरी उपप्रमुखले यस घटनामा आतङ्कवादी समूहको सम्लग्नता रहेको कुनै सङ्केत नेभेटिएको बताउनुभयो । घटना कुन उद्देश्यले घटाइएको भन्ने विषय अझै छानविनको विषय रहेको छ ।

प्रहरीले रात्रिक्लवमा गोली चल्दा सयौँ मानिस घटनास्थलमा रहेको पुष्टी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्