०५ असार २०८३, शुक्रबार

गोमन सर्पले निल्यो सानो सर्प (खतरनाक भिडियो)

गोमन सर्पले निल्यो सानो सर्प (खतरनाक भिडियो)

काठमाडौं – थाइल्यान्डको क्राबीमा एक गोमन सर्पले सानो सर्प पूरै निलिदिएको छ । 

सर्प पाल्ने व्यक्ति पान्या तुल्यासुकले जोई नामक गोमन सर्पलाई सानो सर्प खान दिएका थिए । गोमनले सानो सर्पलाई केही मिनेटमै खाइदियो । 

पान्याले भने, ‘जोई अझै बच्चै छ त्यसैले उसले साना सर्प मात्र खान सक्छ । ऊ ठूलो भएपछि हामी उसलाई कुखुराको मासु र भ्यागुता खान दिन्छौं । उसले दिनदिनै खाना खानुपर्दैन । एउटा सर्प खायो मात्र भने पनि उसको पेट चारपाँच दिनका लागि भरिन्छ ।’

भिडियोमा गोमन सर्पले बिस्तारै सर्प खाएर खाँदाखाँदै निलेको थियो । 

सर्पको कंकाल हुने भए पनि त्यसलाई खाने सर्पले पचाइदिन सक्छ । त्यसका लागि उसले मांसपेशी खुम्च्याउने अनि पाचन एन्जाइम प्रयोग गर्ने गर्छ । पचाउन नसकेको कुरा चाहिँ उसले छादेर निकाल्छ । 

गोमन सर्पले बाटोमा भेटेका साना जनावरलाई खाइदिन्छ । 

घरमा पालिएका सर्पलाई मुसा खुवाउने गरिन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्