०४ असार २०८३, बिहीबार

कांग्रेस बैठकमा खुमबहादुरले प्रवेश गराए हिन्दुराष्ट्रको प्रस्ताव

कात्तिक २०, २०७४
कांग्रेस बैठकमा खुमबहादुरले प्रवेश गराए हिन्दुराष्ट्रको प्रस्ताव
काठमाडौं, १४ चैत- नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्न माग गरेका छन्।khum bahadur
सानेपास्थित विपी स्मृति भवनमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा खड्काले हिन्दु राष्ट्र नेपालका विषयमा जनमत संग्रहमार्फत टुंगो लगाउनु पर्ने माग गरेका हुन्। उनले हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई बुहसंख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्मनिरपेक्ष बनाइएको आरोप लगाएका छन्।
उनले हिन्दु राष्ट्रको विषयलाई विधिवत रुपमा टुंगो लगाएर देशमा उत्पन्न तनाव र विवाद समाधान गर्नु पर्ने उल्लेख गरेका छन्।
खड्काले हिन्दु राष्ट्रलाई उपेक्षा गरेर धर्मनिरपेक्ष घोषणा गर्दा कांग्रेस केन्द्रीय समितिमा सामान्य छलफल समेत नभएकाले यसबारे स्वामित्व लिन नमिल्ने अवस्था रहेकाले हिन्दु राष्ट्रबारे बैठकमा छलफल चलाउन माग गरेको खबर अन्नपूर्णमा छ |

salt training

कमेन्ट गर्नुहोस्