
काठमाडौं, १४ चैत – लोकगायक हरिप्रिय जिएमले लोक तथा दोहोरी गीत बगलीमा छुरा बजारमा ल्याएका छन् ।
गीतमा हरिप्रियलाई माया राईले साथ दिएकी छिन् । बिनोद बाजुरालीको संगीत रहेको गीतलाई डान्सिङ गीत भनिएको छ ।
गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । शंकर बिसी र पार्वती राईले भिडियोमा फिचरिङ गरेका छन् । नविन घर्ती मगरले गीतको सम्पादन गरेका छन् ।