
बैतडी- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको मंगलवार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट उद्घाटन भएको हो ।
उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पुर्व उप–सभापतिहरू, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा विभिन्न सरकारी निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरूलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा दिँदै आएको छ ।