
काठमाडौँ। विगतमा नेपाली महिलाको बेचबिखन भारतका कोठीहरूमा यौन शोषणका लागि हुन्थ्यो । अहिले भने बेचबिखनको क्षेत्र र प्रयोजन फैलिँदै गएको छ । विश्वका विभिन्न देशमा विविध स्वरूपमा मानिसको बेचबिखन हुने गरेको छ । भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको छ । दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत महिला यौन शोषणका लागि पु¥याइएका जानकारी प्रहरीमा आउने
गरेका छन् । होटल तथा रेस्टुराँहरूमा रोजगारी दिने प्रलोभनमा पारी नेपाली महिलालाई बाध्यात्मक श्रम र यौन शोषणका लागि ती देशमा पु¥याइने गरेको पाइन्छ । नेपाल सरकारले मानव बेचबिखनलाई रोक्ने कार्यलाई उच्च प्राथमिकतामा राखे पनि परिणाम भने आशलाग्दो आएको देखिँदैन ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० गोविन्द थपलियाले यौनदासीका रूपमा भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।