०७ असार २०८३, आइतबार

राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा

राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको सांघातिक हमलाको निन्दा गरेका छन् । 

हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उनले सोमवार एक विज्ञप्ति प्रकाशन गरी बताएका छन् । 

उनका उपप्रवक्ता फहरान हकले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो आतंककारी हमला गरी सर्वसाधारणको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुनको हनन् तथा मानवताविरोधी ठूलो अपराध हो भनेका छन् ।

महासचिव गुटेरेसले यस्ता आतंककारी हमलाबाट ज्यान गएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूका आफन्तजनहरूमा समवेदना प्रकट गरेका छन् । 

महासचिव गुटेरेसले जे जस्तासुकै मागहरू भएपनि तिनको समाधान शान्तिपूर्ण प्रक्रियाबाटै समाधान हुने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न सो विज्ञप्तिमार्फत आग्रह गरेका छन् । 

नाइजेरियाको उत्तरपूर्वी सहर बोर्नोमा शनिवार भएको हमलामा परी ती नागरिकको ज्यान गएको थियो । 

एक स्थानीयको मलामी गएर फर्किएका उनीहरूलाई नाइजेरियामा हत्या हिंसा जारी राखेको बोको हराम नामक आतंककारी संगठनले गरेको सांघातिक हमलामा ६५ जनाको ज्यान गएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्