२८ असार २०८३, आइतबार

जंकफूडको प्रयोग कम गराउन दिवा खाजा

जंकफूडको प्रयोग कम गराउन दिवा खाजा

पाल्पा- पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । दिवा खाजाको व्यवस्था गरिएपछि नियमितरुपमा विद्यार्थी विद्यालय आउन थालेका छन् ।

बालविकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत एक हजार ९०० विद्यार्थीलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । 

'सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जंकफूड (बाहिरी खानेकुरा) को प्रयोगलाई घटाउन दिवा खाजा कार्यक्रम ल्याएका हौं । विद्यालयमै आर्गानिक खाजा पकाएर खुवाउन सबै विद्यालयलाई अनुरोध गरिएको छ,' अध्यक्ष भण्डारीले भने । 

दिवा खाजा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विद्यालयमै बनाएर खाजा खुवाउने गरिएको छ । हप्तामा शुक्रवारबाहेक पाँचै दिन फरकफरक खालको खाजा विद्यालयमा नै बनाएर खुवाउने गरेको रम्भा माविका प्रधानाध्यापक तुल्सीराम अर्यालले बताए । 'विद्यालयका सहयोगी तथा शिक्षक मिलेर खिर, सुजी, फलफूल, चना भुजा, अण्डा बनाएर खुवाउने गरेका छौं, दिवा खाजाले विद्यार्थीमा राम्रो प्रभाव पारेको छ,' उनले भने ।

यस विद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म २७ जना विद्यार्थी छन् । दिवा खाजाको प्रभावले नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् । चण्डेश्वरी माविमा भने अभिभावकले नै पालैपालो खाजा बनाएर खुवाउने व्यवस्था गरेको छ । पालो पालो गरी अभिभावकले विद्यालयमा गएर खाजा बनाउने र विद्यार्थीलाई खुवाउने गरेको अभिभावक खुमीसरा ब

salt training

कमेन्ट गर्नुहोस्