१२ असार २०८३, शुक्रबार

हङकङमा विरोधकर्ताहरूले चल्न दिएनन् रेल

हङकङमा विरोधकर्ताहरूले चल्न दिएनन् रेल

काठमाडौं – हङकङमा सयौं विरोधकर्ताहरूले मंगलवार बिहान कार्यालय समयका बेलामा ट्रेन सेवा अवरुद्ध गरेका छन् । सरकारविरोधी अभियानका क्रममा विरोधकर्ताहरूले रेल सेवा चल्न नदिएका हुन् । 

आइल्यान्ड र क्वुन टोङ लाइनमा सेवामा ढिलाइ भएको तथा आंशिक स्थगन भएको सबवे सञ्चालक एमटीआर कोर्पले जनायो । ट्रेनको ढोकामा अनेकौं अवरोध पुग्दा अनि कसैले क्वुन टोङ लाइनमा सुरक्षा डिभाइस सक्रिय बनाउँदा अवरोध आएको उसले उल्लेख गरेको छ । 

तीन महिनाअघि सुपुर्दगी सन्धिका विरुद्ध शुरू भएका जुलुसले उग्र रूप लिँदै गएर हङकङ सरकार र उसलाई निर्देशन दिने बेइजिङविरुद्ध प्रदर्शन जारी राखेको छ । 

दिनहुँ जसो विरोध कार्यक्रम हुने गरेका छन् जसले गर्दा व्यापारमा अवरोध आएको छ । यसले गर्दा हङकङ सरकारमाथि दबाब बढेर गएको छ । अनि शहरको प्रहरी बलमा पनि कार्यबोझ थपिएको छ । प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेको बताइएको छ । 

मंगलवार अभियन्ताहरूले ट्रेनको ढोका रोक्दा रेलसेवामा समस्या आएको थियो जसले गर्दा सयौं मानिस रेलवे स्टेसनबाट निस्केर वैकल्पिक यातायात खोज्न बाध्य भएका थिए ।

टिउ केङ लेङ स्टेसनमा विरोधकर्ताहरू र यात्रुहरूले प्ल्याटफर्ममा बसेर रेल रोक्दा बाझाबाझ परेको थियो । एउटा ट्रेन आधी घन्टाभन्दा बढीसम्म रोकिएको थियो जसकारण यात्रुहरू आक्रोशित भएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्