१८ असार २०८३, बिहीबार

१ वर्षको बच्चालाई पनि चाहिन्छ न्याय, गलत गर्नेलाई सजाय दिएको हेर्न चाहन्छन्

१ वर्षको बच्चालाई पनि चाहिन्छ न्याय, गलत गर्नेलाई सजाय दिएको हेर्न चाहन्छन्

काठमाडौं – बालबालिकाले एक वर्षको उमेरदेखि नै न्यायको अनुभव गर्ने र गलत गर्नेहरूलाई सजाय दिइएको हेर्न चाहेको एक अध्ययनले देखाएको छ । 

कुल १२० बालबालिकामाथि गरिएको अध्ययनमा नियम तोड्नेलाई मातापिता र शिक्षक जस्ता ठूला मान्छेले कारवाही गर्ने अपेक्षा १६ देखि १८ महिनाका बालबालिकाले राखेको पाइयो । 

वाक्यगठन गर्ने क्षमता विकसित हुनुअघि बालबालिकाले के सही हो र के गलत हो भन्ने बुझ्छन् र ठूलाले यसमा कारवाही गर्नुपर्ने अपेक्षा राख्छन् । 

अनुसन्धानकर्ताहरूले बालबालिकालाई टेड्डी बीयरहरूको कठपुतली शो देखाए । त्यसमा गलत गर्ने टेड्डीले सबै खेलौना आफैं लिएर अरूलाई छुन नदिएको देखाइयो । 

मातापिताको भूमिकामा रहेको ठूलो टेड्डीले यो व्यवहारलाई सजाय नदिएकोमा बालबालिकाले लामो समय घुरेर हेरेको पाइयो । उनीहरूले यसमा कुनै किसिमको कारवाही हुनुपर्ने अपेक्षा गरिएको देखियो ।

तर ठूलो टेड्डीले हस्तक्षेप गरेर खेलौना नपाएको टेड्डीलाई खेलौना दिलाएपछि बालबालिकाले नौ सेकेन्ड अगावै अन्त हेर्न थाले अर्थात् उनीहरूलाई यो घटनाक्रम अपेक्षाअनुरूप नै भएको लाग्यो । 

मनोविज्ञान प्राध्यापक रेनी बाइलारजीयनले इलिनोई विश्वविद्यालयमा यो अध्ययनको नेतृत्व गरेकी हुन् । उनले् भनिन्, ‘ठूलाले गल्तीलाई बेवास्ता गर्दा बालबालिकाले लामो समय घुरेर हेरे भने गल्तीलाई सुधार्दा लामो समय हेरेनन् ।

ठूलाले हस्तक्षेप गरेर गलतलाई सही बनाउने अपेक्षा बालबालिकाल गरे अनि यस्तो काम नगर्दा उनीहरू आश्चर्यचकित भए ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्