
काठमाडौं – रेड वाइन पिउँदा डिप्रेसन (अवसाद) र एंगजाइटी (चिन्ता) दुवैलाई रोक्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
मुसाहरूमा गरिएको परीक्षणमा अंगुरको बाहिरी भागमा पाइने रेस्भेराट्रोलले अवसाद तथा चिन्ता जन्माउने एन्जाइमलाई रोकिएको पाइयो ।
मुसाहरूलाई रेस्भेराट्रोल राखिएको कुरा खुवाउँदा देखिएको परिणामबाट अहिले उपलब्ध औषधिको प्रभावकारी विकल्प पाइएको विज्ञहरूको भनाइ छ ।
रेड वाइनमा रेस्भेराट्रोल हुन्छ तर यसको अत्यधिक सेवनले मृत्यु गराउँछ ।
रेस्भेराट्रोललाई क्यान्सरदेखि गठिया अनि पागलपनसम्मको उपचार गर्न समर्थ तत्त्व मानिएको छ ।
अमेरिकाको न्युयोर्कमा रहेको बफलो विश्वविद्यालयका वैज्ञानिकहरूले अवसाद तथा चिन्ताको उपचारमा रेस्भेराट्रोलको असरको परीक्षण मुसामा गरे ।
अत्यधिक कोर्टिकोस्टेरोन हुँदा मुसाहरूले चिन्ता र अवसादको लक्षण देखाए ।
अनि रेस्भेराट्रोलले मुसालाई चिन्ता र अवसादबाट मुक्त गरिदियो ।
एक ग्लास रेड वाइनमा दुई एमजी रेस्भेराट्रोल हुने र दिनको एकपटक त्यसको सेवन नै चिन्ता तथा अवसाद हटाउन पर्याप्त हुने अनुसन्धानकर्ताहरूको भनाइ छ । त्यसभन्दा बढी पिउँदा स्वास्थ्यमा समस्या आउँछ ।
एजेन्सी