११ असार २०८३, बिहीबार

चेक बाउन्स अब देवानी मुद्दा

साउन १५, २०७६
चेक बाउन्स अब देवानी मुद्दा

काठमाडौं– सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी विवाद सरकारवादी फौजदारी मुद्दा नहुने फैसला गरेको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाही र कुमार रेग्मीको इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा सरकारवादी फौजदारी मुद्दा नभइ विनिमय अधिकारपत्र ऐनअनुसार देवानी मुद्दा हुने फैसला  गरेको हो ।

सर्वोच्चको फैसलामा चेक बाउन्ससम्बन्धी मुद्दा बैंकिङ कसुर तथा सजाय ऐनअनुसार सरकारवादी फौजदारी मुद्दा अन्तर्गत चलाउँदा भन्दा विनिमय अधिकार ऐनअनुसार चलाउँदा अधिकार बढी सुरक्षित हुने सर्वोच्चको ठहर छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्