२४ असार २०८३, बुधबार
मुख्य समाचार

सरकारी गाडीमा मन्त्रीकी पत्नीको मस्ती, मनपरी ब्याज बढाए बैंकमाथि कारबाही

सरकारी गाडीमा मन्त्रीकी पत्नीको मस्ती, मनपरी ब्याज बढाए बैंकमाथि कारबाही

२ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नै सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् ।

मन्त्री सोनलले २ वटा ४ पांग्रे गाडी प्रयोग गरिरहेका छन् । एउटा सरकारी गाडी उनी आफैं चढ्ने गर्छन् भने अर्को सरकारी ४ पांग्रे गाडी मन्त्री सोनलका पत्नी र छोराले चढ्दै आएका छन् ।
२०७५ मंसिर २१ गते मन्त्रालयको अभिलेखमा दाखिला गराइएको ज१झ ४३४ नम्बरको सेतो प्लेटको सफारी स्टोर्म मन्त्री सोनलले आफैं चढिरहेका छन् । ७० लाख ७२ हजार ९ सय ९९ रुपैयाँमा मन्त्रालयले खरिद गरेको ४ पांग्रे गाडी मन्त्री सोनलले चढ्ने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट को१झ ४९६ नम्बरको सेतो प्लेटको सेतो रंगको महेन्द्रा एस्कार्पियो गाडी भने मन्त्री सोनलका पत्नी र छोराछोरीले चढ्दै आएका छन् ।

नयाँ गाडी किन्नुअघि मुख्यमन्त्री कार्यालयबाट हस्तान्तरण गरिएको को१झ ४९६ नम्बरको गाडी फिर्ता गर्नुको साटो उनले आफ्नै मातहत राखेर  परिवारका सदस्यलाई मोजमस्ती गर्न दिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिन्सी फाँटमा रहेको अभिलेखमा दाखिला भएको गाडीबारे जिन्सी फाँटका प्रमुख अनिता राउतले भनिन्, ‘ज१झ ४३४ नम्बरको गाडी मन्त्रीज्यूले आफैं चढ्नुहुन्छ भने अर्को गाडी को१झ ४९६ नम्बरको ४ पांग्रे गाडी प्रायःजसो मन्त्रीज्यूले काठमाडौंमैं राख्नुहुन्छ ।’

मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेले आफूलाई गाडीबारे जानकारी नरहेको प्रतिक्रिया दिए । ‘मन्त्रीज्यूले ज१झ ४३४ नम्बरको गाडी चढ्नुहुन्छ भन्ने कुरा त थाहा छ तर अर्को गाडी पनि लिनुभएको छ र परिवारका सदस्यले चढ्नुभएकोबारे जानकारी छैन,’ सचिव घिमिरेले भने, ‘यदि अभिलेखमा गाडी दाखिला भएको छ भने त्यो बुझ्नैपर्ने हुन्छ ।’ स्रोतका अनुसार अर्को गाडी की त मन्त्री सोनलको गृहजिल्ला बारास्थित घरमा हुन्छ कि त काठमाडौंमा हुन्छ । मन्त्री सोनलका परिवारका सदस्य र पार्टी कार्यकर्ताले व्यक्तिगत काममा समेत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । 

कर फिर्ताको माग 

सङ्घीयताको भावना र सामुदायिक वन अभियानको मर्म विपरित प्रस्तावित कर फिर्ताको माग गर्दै सामुदायिक वन उपभोक्ता महासङ्घले देशव्यापीरुपमा चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरी वन पैदावार विक्रीबाट हुने कूल आम्दानीको ९० प्रतिशत कर लिने सरकारको प्रस्तावका विरुद्धमा महासङ्घ आन्दोलनमा उत्रने जनाएको छ । नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र प्रदेशमार्पmत प्रस्तावित विधेयकमा सङ्घीय सञ्चित कोषमा १५, प्रदेश र सेवा शुल्क सञ्चित कोषमा २७ प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै स्थानीय तहको सञ्चित कोषमा १०, मूल्य अभिवृद्धि कर १३ र उपभोक्ता समूहको बचत रकममा आयकर २५ प्रतिशत कर लगाउने नीतिप्रति महासङ्घको आपत्ति रहेको महासङ्घ कास्की अध्यक्ष विश्वनाथ लामिछानेले बताए । 

सहकारीको ब्याजदर अन्योल 

    नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसक्ने जनाएको छ । खुल्ला बजार अर्थ नीतिलाई नेपालले आत्मसात् गरेको हुँदा ब्याजदर तोक्न नमिल्ने बताइएको छ । 

    सहकारी पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘सहकारीमा ब्याजदर’ विषयक अन्तरक्रियामा राष्ट्र बैंकका प्रतिनिधि नवीन्द्र विष्टले ब्याज र ऋणको अन्तर (स्प्रिड) दर बाहेक किटान गरेर सहकारी संस्थाका लागि ब्याजदर निश्चित गर्न नसकिने बताए । 

    नेपाल राष्ट्र बैंकले यही साउन ८ गते सार्बजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकका लागि चार दशमलव चार प्रतिशत स्प्रिड दर तोकेको छ । गत वर्षभन्दा यस वर्ष राष्ट्र बैंकले शून्य छ प्रतिशतले स्प्रिड दर घटाएको हो । गत वर्षको स्प्रिड दर पाँच प्रतिशत थियो । 

    नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये लगभग २२ हजारले वित्तीय कारोवार गर्छन् । बचत तथा ऋण परिचालन गर्नै सहकारीले थोरैमा ११ प्रतिशतदेखि बढीमा २३ प्रतिशतसम्म ब्याज असुल्ने गरेको बताएका छन् । नेपालको मुलुकी आचारसंहितामा भने १० प्रतिशतभन्दा बढी ब्याज असुल्न नपाइने उल्लेख छ । 

सहमति बिनै ब्याज बढाए बैंकमाथि कारबाही
काठमाडौं– राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ऋणीको सहमति नलिई ब्याज बढाउने बैंकहरुमाथि कारबाही गरिने बताएका छन् । 
सांसदहरुले ख्णीलाई कुनै सूचना नै नभई बैंकहरुले ब्याज बढाउने भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रश्न गरेपछि गभर्नर नेपालले कारबाही गरिने बताएका हुन् । 
बाणिज्य बैंकहरुले अहिले १५ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । नेपालले आफूखुसी ब्याज बढाउन नपाइने निर्देशन डेढ वर्षअघि नै दिएको भन्दै यस्ता ऋणीको उजुरी आए आफूले बैंकहरुलाई कारबाही गर्ने बताए । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

कार्यक्षेत्र नछाड्न निर्देशन

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ । 

    मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ समाप्त भएकाले कार्यसम्पादन मूल्याङ्कन फाराम, सम्पत्ति विवरण बुझाउनेजस्ता कार्य गर्नुपर्ने भएकाले प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र छाडी नजान निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय प्रशासन शाखाका शाखा अधिकृत महेशकुमार दाहालले जानकारी दिए ।

विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ 

    प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई मंगलबार पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई मंगलबार दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । 

    विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनलेबताए ।  उनी सोही समूहको महिला सङ्गठनकी महासचिवसमेत रहेको प्रहरीले जनाएको छ ।

    एक हप्ताअघि मात्रै प्रहरीले उक्त समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहले विध्वंशकारी क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । 

    त्यसयता प्रहरीले विप्लव समूहका ६०० भन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । 

घण्टाकर्ण मनाइयो
प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व मंगलबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । 

विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप मंगलबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु¥याई जलाएर पर्व मनाइएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षसरुपी गठामुग बनाएर बाहिर कपडाले मोडेर विभिन्न रङ लगाइ राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गरिएको थियो । यस प्रकारको राक्षसरुपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय बाबुरत्न द्यौलाले बताए । 

काङ्ग्रेसमा पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव 

    नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सझाव दिएका छन् । 

    गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ । 

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

    राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भई हाल काठमाडौँको अत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । 

    विशेष सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ सुकेधाराबाट उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।  मकवानपुर जिल्ला अदालतमा राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार प्रतिवादी भएकाले श्रेष्ठलाई आवश्यक कारवाहीका लागि मंगलबारै हेटौँडा पठाइएको महाशाखाले जनाएको छ । 

उजुरीको अवस्थाबारे जानकारी

राष्ट्रिय मानवअधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका उजुरी र उजुरीउपर भएका प्रारम्भिक तथा विस्तृत छानबिनका अवस्थाबारे जानकारी लिएको छ । 

    आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले मंगलबार आयोगका सचिव ऋषिराज भण्डारी तथा कर्मचारीसँग उक्त सम्बन्धमा जानकारी लिएको हो । 

    

salt training

कमेन्ट गर्नुहोस्