०४ असार २०८३, बिहीबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
प्रतिकात्मक तस्वीर

लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा मंगलवार राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक १ युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नम्बरको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्