काठमाडौं, १४ चैत–नयाँ शक्ति पार्टीले पार्टी हित विपरित काम गरेको भन्दै चार जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टीबाट निष्कासन गरेको छ ।

नयाँ शक्ति पार्टीको आज बसेको विशेष राजनीतिक समितिको बैठकले निर्मल भट्टराई, चन्द्रदेव ओझा , हरिराम रिमाल, मोहन बमलाई पार्टी सदस्यसमेत नरहने गरि निष्कासन गरिएको जनाएको छ ।
उनीहरुलाई पार्टी हित र स्वीकृत मूल्य/मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेकोले कारवाही गरेको नयाँ शक्तिले जनाएको छ ।
पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेको कारणले विशेष राजनीतिक समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दएि ।