२८ असार २०८३, आइतबार

मोदीको फोटो प्रयोग गरेर चुनाव प्रचार गर्दै इजरायली प्रधानमन्त्री

मोदीको फोटो प्रयोग गरेर चुनाव प्रचार गर्दै इजरायली प्रधानमन्त्री

काठमाडौँ - १७ सेप्टेम्बरमा हुने इजरायली मध्यावधि निर्वाचनमा जित्नका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्ता व्यक्तिहरूसँग खिचेको फोटो प्रचारका लागि प्रयोग गरिरहेका छन् ।

लिकुड पार्टीका मतदाताहरूलाई रिझाउन प्रधानमन्त्री नेतान्याहूले यस्तो तरिका अपनाएका हुन् ।

नेतान्याहूले यस्ता तस्वीरहरूको ब्यानर बनाएर आफ्नो पार्टी कार्यालय र अन्य ठाउँठाउँमा राख्न निर्देशन दिएका छन् ।

यस्तो प्रचारशैली अपनाएर उनले आफ्नो कद विश्वका ठूला नेताहरूकै जस्तो भएको देखाउन खोजेका हुन् । तर उनको यस्तो प्रचारशैलीलाई विपक्षी नेताहरूले आलोचना गर्दै आइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्