
काठमाडौं १४ चैत- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग धेरै उत्साहका साथ खुल्ला छलफल भएको वताएका छन् ।
राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दिउँसो भएको भेटवार्ता महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रचण्डले बताएको उनको निजि वेभसाइटले जनाएको छ ।
‘प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताए ।’
प्रचण्डको निजि वेभसाइट सीएम प्रचण्डमा लेखिएको छ, ‘नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ ।’