२५ असार २०८३, बिहीबार

प्रदेश समितिमा विधेयक पारित

प्रदेश समितिमा विधेयक पारित

बुटवल – अर्थ, उद्योग तथा पर्यटन समितिले आज प्रदेशको अभिलेख सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ । 

विभिन्न बैठकमा दफावार छलफल गरेपछि पारित गरिएको समितिका सभापति दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार समितिले विधेयक पारित गरेपछि यसलाई प्रदेश सभाको बैठकमा पेश गरिनेछ । 

त्यस्तै प्रदेश मामिला तथा कानून समितिले कारागारको अनुगमन सम्बन्धमा निर्माण गरेकोे प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको समितिका अध्यक्ष दामा शर्माले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्