१५ असार २०८३, सोमबार

मन्त्री बनेपछि योगेशको प्रतिबद्धता– 'आइस्योस्, गइस्योस् हटाएर आउनुहोस् भन्ने संस्कृति बसाउँछु'

नेपाल एयरलाइन्सलाई 'यो नेपाल एयरलाइन्स हो र' भन्ने बनाउने प्रतिबद्धता
साउन १५, २०७६
मन्त्री बनेपछि योगेशको प्रतिबद्धता– 'आइस्योस्, गइस्योस् हटाएर आउनुहोस् भन्ने संस्कृति बसाउँछु'

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर कार्यभार सम्हाल्ने क्रममा मन्त्री भट्टराईले नेपाल एयरलाइन्समा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल एयरलाइन्सलाई यो नेपाल एयरलाइन्स नै हो र भन्ने अवस्थामा पुर्‍याउने उनको प्रतिबद्धता छ ।

मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा आइस्योस् र गइस्योस् भन्ने संस्कृति अन्त्य गर्ने पनि बताए । आइस्योस् र गइस्योस् भन्ने संस्कृतिलाई हटाएर आउनुहोस् र जानुहोस् भन्ने संस्कृति बसाल्ने उनको भनाइ छ ।

साथै उनले देशका विभिन्न स्थानमा निर्माणाधीन र स्तरोन्नति भइरहेका विमानस्थललाई छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्