१५ असार २०८३, सोमबार

२०१६ मा चौध लाख चिनियाँ जोडीले गरे डिभोर्स

कात्तिक २०, २०७४
२०१६ मा चौध लाख चिनियाँ जोडीले गरे डिभोर्स
divorce_1
बेइजिङ, १४ चैत –सन् २०१६ मा चीनको सर्वोच्च अदालत (एसपिसी) ले करिब १४ लाख चिनियाँ जोडीको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ गरेको छ ।

एसपिसीमा आइपुगेका सम्बन्धविच्छेदका यी मद्दाहरुबाहेक सन् २०१६ मा ३४ लाख ६० हजार चिनियाँ जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको एसपिसी वरिष्ठ अधिकारी डु वान्हुआले बताए ।

डुका अनुसार पारिवारिक विवादको राम्रो मध्यस्थताको लागि अदालतका अधिकारीहरुले सामाजिक विज्ञान र मनोविज्ञानको अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताए ।

सन् २०१५ मा नागरिक मामिला अधिकारीमार्फत ३१ लाख ५० हजार चिनियाँ जोडीको सम्बन्धविच्छेद गराएका थिए ।

त्यसैगरी सन् २०१४ मा २९ लाख ६० हजार चिनियाँ जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको चीनको नागरिक मामिला मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्