![गएराति देशभर १५ एनसेलका टावरमा आगजनी, मोबाइल सेवा अवरुद्ध [विस्तृत विवरणसहित]](https://lktcdn2.prixacdn.net/media/Ncell_Main_Logo_1_5qvHlNGIG7.jpg)
काठमाडौं – बुधवार राति देशभर विभिन्न १५ ठाउँमा एनसेलका टावरमा आगजनी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरण अनुसार बुधवार साँझदेखि बिहीवार बिहानसम्म १५ ठाउँमा आगजनी भएको छ ।
आगजनी कसले गर्यो भन्ने स्पष्ट जानकारी प्राप्त नभएपनि प्रहरीले सुरक्षा कार्ड र शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । टावरमा भएको आगजनीका कारण मोबाइल सेवा अवरुद्ध समेत भएको छ ।
हेर्नुस् विस्तृत विवरण :-
मिति २०७६।०४।१५गते १५:०० बजेदेखिमिति २०७६।०४।१६गते ०९:००बजे सम्मकोNcell Tower आक्रमणहरु :-
जिल्ला | शीर्षक | मिति | घटना विवरण |
अर्घाखाँची | आगजनी | 2076-04-15 | पाणेनी गा.पा-५ उपल्लो अमजा स्थित NTC को टावरको मेशिनमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पालीबाट प्र.स.नि.को कमाण्डमा ६ जना र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई घटनास्थलमा ऐ.२३:३५ बजे पुगी हेर्दा मुल गेटको ताला लगाउने कुण्डी भाँच्चिएको,NTC टावरको एक वटा PPH र्याक र र्याक भित्र रहेको सामान पूर्णरुपमा जलि नष्ट भएको,र्याकको नजिक मट्टीतेलको गन्ध आउने २ वटा मिनरल water को बोतल,चामलको खाली सेतो बोरा १ वटा,जुटको खाली बोरा १ वटा र श्वस्तिक सोयाबिन तेलको आधा लिटरको भरी पोका १ वटा फेला परेको,घटनाको समयमा गार्ड थानेश्वर न्यौपाने उक्त टावर देखि २५/३० मिनेट पर रहेको आफ्नै घरमा रहेको भन्ने बुझिन आएकोले निजलाई सोधपुछको लागी नियन्त्रणमा लिएको,नेटवर्क सुचारु रहेको,उक्त स्थान प्र.चौ.पालीबाट २१ कि.मि.पूर्व र जि.प्र.का.बाट ४४ कि.मि.पूर्व-दक्षिण पर्ने । |
धादिङ | आगजनी | 2076-04-16 | धुनिबेशी न.पा-४ देविस्थान स्थित N-cell को टावरमा आगजनी तोडफोड भएको भन्ने खबर ऐ.१६ गते ०५:३० बजे प्राप्त हुनासाथ प्र.चौ.जिबनपुरबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटी गएको, आगजनीबाट N-cell tower मा पावर सप्लाईको लागि राखेको जनेरेटर,ब्याट्री र तारहरु जलि पूर्णरुपमा क्षती भएकोले थप अनुसन्धान भईरहेको, उक्त स्थानमा नेटवर्क अवरुद्ध रहेको,उक्त स्थान प्र.चौ.जिबनपुरबाट ३ कि.मि.पूर्व-उत्तर पर्ने । |
कपीलबस्तु | आगजनी | 2076-04-15 | बुद्धभुमि न.पा-८ मन नगरा स्थित N-CELL को टावरमा जमिन देखि टावर सम्मको अं.५ मिटर तारमा अपरिचित समुहले जुटको बोरामा आगो सल्काई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का.गोरुसिङेबाट प्र.ना.नि.को कमाण्डमा ६ जनाको टोली खटी गएकोमा आगो आफै नियन्त्रणमा आएको अवस्थामा फेला परेको,आगजनीबाट अं.५ मिटर तार क्षती भएको, उक्त स्थानमा नेटवर्क सुचारु रहेको,उक्त स्थान ई.प्र.का.गोरुसिङेबाट १४ कि.मि.पश्चिम-दक्षिण पर्ने । |
झापा | आगजनी | 2076-04-16 | अर्जुनधारा न.पा-१० कालिका स्थान स्थित N-CELL को टावरमा अपरिचित ब्यक्तिहरुले जुटको बोराको पुल्ठो बनाई आगो सल्काई टावर मुनि फाली भागेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.शनिश्चरेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई स्थानीयवासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको,आगजनीबाट अं.२ मिटर फिडरको ईन्सुलेसनको भाग(बाहिरी खण्ड)जली क्षती भएको, जि.प्र.का.र ई.प्र.का.अनारमनीबाट थप टोली खटी गई अनुसन्धान गर्दा टावरमा रहेको फिडरमा जुटको बोरा डिजेलमा भिजाई आगो लगाएको देखिएको,आगो लगाउने ब्यक्तिहरुको खो.त.भईरहेको, उक्त स्थानमा नेटवर्क सुचारु रहेको,उक्त स्थान प्र.चौ.शनिश्चरेबाट अं.५ कि.मि.पूर्व-उत्तर पर्ने । |
धादिङ | आगजनी | 2076-04-15 | सिद्धलेक गा.पा-६ स्थित N-CEll को टावरमा अज्ञात समुहले आगजनी तथा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा ४ जना, ई.प्र.का.गजुरीबाट प्र.स.नि.को कमाण्डमा ७ जना, प्र.चौ.नलाङबाट प्र.स.नि.को कमाण्डमा ३ जना र ई.प्र.का.सुनौलोबजारबाट प्र.ना.नि.को कमाण्डमा २ जनाको टोली खटी गएको,आगजनीबाट N-cell tower मा पावर सप्लाईको लागि राखेको जनेरेटर,ब्याट्री र तारहरु जलि पूर्णरुपमा क्षती भएको, उक्त स्थानमा नेटवर्क सुचारु रहेको,उक्त स्थान जि.प्र.का.बाट अं.२८ कि.मि.पश्चिम पर्ने । |
रुपन्देही | आगजनी | 2076-04-16 | गैडहवा गा.पा-२ सानो धुपही स्थित N-cell को Tower मा अज्ञात समुहले आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का.सुर्यपुराबाट प्र.ना.नि.को कमाण्डमा ५ जना, ई.प्र.का.लुम्बिनीबाट प्र.नि.को कमाण्डमा ७ जना र प्र.चौ.पोहवाबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटी गएको,आगजनीबाट केवल तारको बाहिरी प्लाष्टिकको कभर अं.१० मिटर जलेर नष्ट भएको,अन्य क्षति नभएको, टावरको वरीपरी घेरा लगाएको तारको जाली काटेर दुलो बनाई मान्छे छिरी आगो लगाएको देखिन आएकोले थप अनुसन्धान भईरहेको, टावर सुचारु रहेको,उक्त स्थान ई.प्र.का.सूर्यपुराबाट १३ कि.मि.दक्षिण पर्ने । |
कैलाली | आगजनी | 2076-04-16 | धनगढी उ.म.न.पा-६ स्थित N-cell टावरमा अज्ञात समुहले आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा १० जनाको टोली गई ऐ.०१:०० बजे उक्त आगो नियन्त्रणमा लिएको, आगजनीबाट टावरको जेनेरेटर र कन्ट्रोल बक्समा क्षती भएको,उक्त स्थानमा नेटवर्क अवरुद्ध रहेको,आगजनी गर्ने समुहको खो.त.कार्य भईरहेको,उक्त स्थान जि.प्र.का.बाट ४ कि.मि.उत्तर पर्ने । |
कैलाली | आगजनी | 2076-04-16 | गोदावरी न.पा-९ बल्मी स्थित N-cellको टावरमा अज्ञात समुहले आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का.मालाखेतीबाट प्र.ना.उ.को कामाण्डमा ९ जनाको टोली खटी गई बुझ्दा टावरको मेन मिटरको तारहरू जली सामान्य क्षती भएको, उक्त स्थानमा नेटवर्क अवरुद्ध रहेको, आगो लगाउने व्यक्तिहरूको खो.त.भईरहेको, उक्त स्थान ई.प्र.का.मालाखेतीबाट ८ कि.मि.पुर्व पर्ने । |
नबलपरासी (पूर्व) | आगजनी | 2076-04-15 | कावासोती न.पा-८ मगरकोट स्थित N-cell को टावरमा अज्ञात समुहले आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ९ जनाको टोली खटी गई स्थानीयवासीहरुको सहयोगमा ऐ.२३:४० बजे आगो नियन्त्रणमा लिएको,आगजनीबाट टावरमा रहेको जेनेरेटर पूर्णरूपमा जली क्षति भएको,अन्य कुनै क्षती नभएको, उक्त स्थानमा नेटवर्क अवरुद्ध रहेको,प्रारम्भिक अनुसन्धानमा जुटको बोरामा मट्टितेल हालेर आगो लगाएको देखिन आएको,उक्त स्थान जि.प्र.का.बाट ३ कि.मि.पूर्व-दक्षिण पर्ने । |
सिन्धुपाल्चोक | आगजनी | 2076-04-16 | मेलम्ची न.पा-१ भोटेचौर स्थित N-CELL को टावर मुनी अज्ञात समुहले ग्याँस सिलिन्डर माथी टायर र दाउरा राखी आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.भोटेचौरबाट प्र.ना.नि.को कमाण्डमा ३ जनाको टोली खटी गई ऐ.०१:४५ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिएको, आगजनीबाट व्याट्री BOX को कनेक्सन तार जली सामान्य क्षती भएको,घटनास्थलमा सिलिण्डर नपड्केको अवस्थामा फेला परेकोले बरामद गरेको,उक्त स्थानमा ई.प्र.का.मेलम्चीबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई थप अनुसन्धान भईरहेको, टावर सुचारु रहेको,उक्त स्थान प्र.चौ.भोटेचौरबाट २ कि.मि.उत्तर र ई.प्र.का.मेलम्चीबाट २४ कि.मि दक्षिण-पश्चिम पर्ने । |
डडेल्धुरा | आगजनी | 2076-04-15 | आलिताल गा.पा-२ काफली स्थित N-CELL को टावरमा अज्ञात समुहले आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा १२ जना र स.प्र.नि.को कमाण्डमा १२ जनाको टोली खटी गएको,उक्त टोलीसँग सम्पर्क हुन नसकेकोले थप विवरण प्राप्त हुन नसकेको, उक्त स्थानमा नेटवर्क अवरुद्ध रहेको,उक्त स्थान जि.प्र.का.बाट अं.२२ कि.मि.गाडीमा गई पैदल अं.५ घण्टा पैदल दक्षिण पर्ने |
पर्वत | आगजनी | 2076-04-15 | मिति २०७६।०४।१५ गते राती मोदी गा.पा-६ तिलाहर थानाकोटमा रहेको N-CELL को टावरमा अज्ञात समुहले आगजनी गरेको भन्ने खबर ऐ.१६ गते ०६:०० प्राप्त हुनासाथ प्र.चौ.देउपुरबाट प्र.स.नि.कृष्ण बहादुर नेपालीको कमाण्डमा ४ जनाको टोली गएको आगजनीबाट N-CELL को टावरमा रहेको जेनेरेट रथान १,ब्याक अप र तारहरू जली नष्ट भएको,क्षतीको मुल्य N-CELL को प्राबिधिक कर्मचारी आए पश्चात खुल्ने,उक्त स्थानमा नेटवर्क अवरुद्ध रहेको,उक्त स्थान प्र.चौ.देउपुरबाट ६/७ कि.मि.पुर्व पर्ने । |
म्याग्दी | आगजनी | 2076-04-15 | बेनी न.पा-२ ज्यामरुक कोट एरियामा ठुलो आवाज आएको भन्ने खबर ऐ.१६ गते ०५:०० बजे प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएकोमा ऐ.२ ज्यामरुक कोटमा रहेको N-CELL को टावरमा अज्ञात समुहले आगजनी गरी जेनेरेटरको तार र ब्याट्री जलि क्षती भएको अवस्थामा रहेको, उक्त स्थानमा नेटवर्क अवरुद्ध रहेको,उक्त स्थान जि.प्र.का.बाट १०/११ कि.मि.दक्षिण पर्ने । |
बाग्लुङ | आगजनी | 2076-04-15 | मिती २०७६/०४/१५ गते राती निसिखोला गा.पा-७ राजकुटमा रहेको N-CELL को टावरमा अज्ञात समुहले आगजनी गरेको भन्ने खबर ऐ.०६:३० बजे प्राप्त हुनासाथ ई.प्र.का.झिवाखोलाबाट प्र.स.नि.जितु साहा कानुको कमाण्डमा टोली खटी गएको,उक्त स्थान ई.प्र.का.झिवाखोलाबाट २ घण्टा ३० मिनेट पैदल दक्षिण पर्ने । |
बाँके | आगजनी | 2076-04-16 | नेपालगंज उ.म.न.पा-४ निहामुदपुरमा रहेको N-CELL को टावर नं.०७१ BTS क्याबिनेट केबलका तारहरु अज्ञात समुहले जलाएको भन्ने खबर ऐ.०६:३० बजे प्राप्त हुनासाथ ई.प्र.का. बन्कट्टीबाट प्र.स.नि. राम कुमार चौधरीको कमाण्डमा ४ जनाको टोली खटी गएको साथै थप अनुसन्धनको लागी जि.प्र.का. बाट प्र.नि.को कमाण्डमा ११ जनाको टोली समेत खटी गएको,आगजनीबाट उक्त टावरमा रहेका केबल तारहरूमा सामान्य क्षती भएको,उक्त स्थान ई.प्र.का.बन्कट्टीबाट ३ कि.मि.दक्षिण पर्ने । |