०८ साउन २०८३, शुक्रबार

उपचुनावको तयारीका लागि निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

उपचुनावको तयारीका लागि निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहामा खाली रहेका ४७ स्थानका लागि उपचुनाव गर्ने तयारी गरिरहेको छ ।

सोही तयारीका लागि निर्वाचन आयोगले बिहीवार दिउँसो दलका प्रतिनिधिहरूलाई बोलाएर कान्तिपथस्थित आफ्नो कार्यालयमा छलफल गरिरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही कात्तिक मसान्तभित्रै उपचुनाव गर्ने भन्दै आयोगले तयारी थालेको जानकारी दिए ।

बिहीवार निर्वाचन आयोगको कार्यालयमा आयोगमा दर्ता भएका तीनवटै तहमा प्रतिनिधित्व गर्ने १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको हो ।

यी ठाउँहरू छन् खाली:

कास्की– २ का सांसद रवीन्द्र अधिकारीको पर्यटन मन्त्री रहेकै बेला हेलिकप्टर दुर्घटनामा दु:खद् मृत्यु भएपछि उक्त क्षेत्र खाली छ ।

भक्तपुर प्रदेशसभा १ को (क) का सांसद हरिशरण लामिछाने, बाग्लुङ प्रदेशसभा २ को (ख) का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार अलीको पनि निधन भएपछि तीनवटै प्रदेश सभा निर्वाचन क्षेत्रहरू खाली भएका छन् ।

त्यस्तै १ जना उपमहानगरपालिका प्रमुख, ३ जना गाउँपालिका प्रमुख र १ जना उप-प्रमुखको निधन भएपछि ५ वटा स्थानीय तहमा जनप्रतिनिधिको स्थान खाली छ ।

यसका साथै ३८ वडामा अध्यक्षको पद रिक्त रहेको छ । यीमध्ये कतिपय जिल्ला समन्वय समितिमा नियुक्त भएका छन् भने कतिपयले राजीनामा दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्