१९ असार २०८३, शुक्रबार

रुसले बनायो विस्फोटमा पनि केही नहुने कवच (भिडियो)

रुसले बनायो विस्फोटमा पनि केही नहुने कवच (भिडियो)

काठमाडौं – रुसको युद्ध हतियार बनाउने कम्पनीले अत्याधुनिक कवच सार्वजनिक गरेको छ । एक महिलालाई युद्धभूमिमा हिँड्दा भइरहेको विस्फोट र आगोका लप्काले हिर्काउँदा पनि कवचका कारण केही नभएको देखिन्छ ।

मोडल भिक्टोरिया कोलेस्निकोभाले शिरदेखि पाउसम्म युद्ध कवच लगाएर केही नभए जस्तो गरी हिँडेकी छन् । उनलाई अल क्लीयर सन्देश नदिउन्जेल उनी हिँडिरहिन् र पछि मास्क खोलिन् । कोलेस्निकोभाको अनुहारमा देब्रेतिर अलिकति कालो लागेको मात्र देखिन्छ । 

कोलेस्निकोभा व्यावसायिक स्टन्टवुमन हुन् तर मंगलवार उनले गरेको मोडलिङ सामान्य काम थिएन । विस्फोट गरिएका बम साँच्चैका थिए । 

कवच बनाउने कम्पनीका प्रमुख सर्गे कितोभले आरामिड कपडाले आगो र बमबाट सुरक्षा दिन्छ भन्ने देखाउन यो भिडियो बनाइएको बताए । 

कपडाको सामग्री र डिजाइनले गोली र बमका छर्रालाई रोक्न सक्छ तर डिजाइनरहरू यसले ३० सेकेन्डसम्म  आगोबाट जोगाउन सक्छ कि सक्दैन भनी परीक्षण गरिरहेका छन् । 

अन्तिम रूपमा यो उत्पादन सन् २०२० सम्ममा आइसक्ने आशा कम्पनीले गरेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्