१० असार २०८३, बुधबार

पूर्व उपसचिवकी छोरीलाई गोली हानिएपछि पक्राउ परेका पूर्व इन्जिनियर ‘निर्दाेष’

साउन १७, २०७६
पूर्व उपसचिवकी छोरीलाई गोली हानिएपछि पक्राउ परेका पूर्व इन्जिनियर ‘निर्दाेष’
प्रतिकात्मक तस्वीर

काठमाडौं – राजधानीको कलंकीस्थित पूर्व उपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानेको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।

प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्व इन्जिनियर शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर घरमा राखेको २ थान बन्दुकबाट गोली चलेको हुन सक्ने प्रहरीको आशंका थियो तर फरेन्सिक जाँचमा घरभित्र भेटिएको गोली ढकालको बन्दुकबाट नचलेको पुष्टि भएपछि प्रहरीले उनलाई छाडेको छ ।

शर्माकी छोरी बस्ने कोठामा राति साढे ९ बजेतिर झ्यालबाट गोली छिरेको थियो । प्रहरीका अनुसार गोली बेगले हानिएजस्तो देखिँदैन ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले गोली कसले हान्यो भन्नेबारे अहिलेसम्म यकिन गर्न नसकिएको बताए । उनले अनुसन्धानको प्रारम्भिक निष्कर्षलाई आधार मान्दै भने, ‘कसैलाई टार्गेट गरेर नभई झुक्किएर गोली छिरेको हुन सक्ने देखिन्छ ।’

घटनास्थलमा प्रहरीले २२ बोर बन्दुकमा प्रयोग हुने २ एमएमको गोलीको खोका बरामद गरेको थियो । प्रहरीले उक्त गोली नेपाली सेना वा सशस्त्र प्रहरीबाट चलेको हो कि भन्नेतिर पनि अनुसन्धान सोझ्याएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्