
रुसमा भ्रष्टाचार विरोधी प्रदर्शनमा सामिल भएका लगभग ९०० मासिलाई गिरफ्तार गरिएपछि अमेरिकाले निन्दा गरेको छ । प्रदर्शनको दौरान मुख्य विपक्षी नेता एलेक्सी नावाल्नीलाई पनि गिरफ्तार गरिएको छ ।
अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता मार्क टोनरका अनुसार शान्तिपूर्ण प्रदर्शनकारी तथा मानवअधिकारकर्मीलाई हिरासतमा लिनु लोकतान्त्रिक मूल्यको अनादर भएको जनाइएको छ । उनीहरुले रुसी सरकारसँग प्रदर्शनकारीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
भ्रष्टाचार विरोधी अभियान चलाउनेवाला रुसका मुख्य विपक्षी नेता एलेक्सी नावाल्नी लामो समयदेखि राष्ट्रपति भ्लादमिर पुटिनका सवैभन्दा कडा आलोचक र विरोधीका रुपमा देखा परेका छन् ।
गत वर्ष उनले सन् २०१८ मा राष्ट्रपति चुनावमा उठ्ने घोषणा गरेका थिए । तर रुसी अदालतले धोका मामलामा उनलाई सजाय दिएपछि उनको उमेदवारी संकटमा परेको छ । तर उनले ती आरोपहरुको खण्डन गर्दै आएका छन् ।

रुसी राजनीतिमा उनको उदय तब भयो जब २००८ मा सरकार नियन्त्रित ठूला ठूला निगममा भ्रष्टाचार र लापरवाहीमाथि व्लग लेख्न शुरु गरेका थिए ।
यसका लागि उनले ठूलो तेल कम्पनी, बैंक तथा मन्त्रालयमा शेयर खरिद तथा सरकारी वित्तीय लेनदेनका बारेमा प्रश्न गर्ने तरिका अपनाएका थिए ।
आफ्नो सन्देश जनतामाझ पु-याउनका लागि सामाजिक सञ्जालहरको प्रयोग गर्ने उनको राजनीतिक स्टाइल चर्चामा आएको थियो ।