
काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजामहाराजाका दासहरूले व्यवस्था फेर्न बकबक गरिरहेको बताएका छन् ।
बीपीमार्गमा रहेको सुनकोशी नदीमाथि खैरेनी घाटामा बनेको पुलको उद्घाटन गर्दै प्रचण्डले आइतवार राप्रपाका नेता कमल थापालाई इंगित गर्दै राजा-महाराजाका दासहरूले व्यवस्था फेर्न बकबक गरिरहेको आरोप लगाएका हुन् । प्रचण्डले थापाको नाम भने लिएनन् ।
प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रमाथि पनि निशाना साँधेका छन् । गणतन्त्र स्थापना गर्ने अभियानमाथि शरण पर्न आएको भन्दै प्रचण्डले धेरै बकबक गरे नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिए ।
हिजोमात्र एक कार्यक्रममा बोल्दै कमल थापाले अब व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका थिए । राप्रपा निकट विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताए ।