
काठमाडौं– पूर्वमन्त्री तप्तबहादुर बिष्टलाई हृदयघात भएपछि नेपालगन्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण भएको छ ।
जहाज उडेपछि पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता बिष्टलाई हृदय घात भएको थियो ।
केसीलाई हृदयघात भएको थाहा पाएपछि बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण गरिएको थियो ।
केसीलाई भैरहवा मेडिकल कलेजमा उपचारका लागि लागिएको रुपन्देहिका प्रहरी प्रमुख एसपी हृदय थापाले लोकान्तरलाई बताए ।
बिष्टले केही समयअघि मात्र न्युरोसम्बन्धी अप्रेशन गरेका थिए । त्यही कारणले उनको स्वास्थ्यमा समस्या आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
अहिले उनको मुटुको चाल सामान्य रहेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा बिष्ट सुर्खेत क्षेत्र नम्बर ३ बाट बिजयी भएका थिए । उनी शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा सञ्चार राज्यमन्त्री बनेका हुन् ।