
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. राजकुमार रौनियारसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवा प्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको रकमको भुक्तानी दिँदा घुस मागेको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रा.डा. रौनियारले पटक–पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले रामहरि रौनियारले मतियारको भूमिका खेलेको भन्दै ८ लाख बराबरको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दर्ता गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।