२३ जेठ २०८३, शनिबार

५० हजार रुपैयाँ घुसहित एक अधिकृत रंगेहात अख्तियारको फन्दामा

५० हजार रुपैयाँ घुसहित एक अधिकृत रंगेहात अख्तियारको फन्दामा

काठमाडौं – उद्योग दर्ता गर्न आईईई प्रतिवेदन स्वीकृत गर्ने नाममा सेवाग्राहीसँग लिएको घुस रकमसहित उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत (आठौं तहका) चन्दनकुमार अमात्य पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घुससहित आइतवार रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आईईई प्रतिवेदन स्वीकृत गर्ने नाममा विभिन्न बहाना बनाई घुस रकम मागेको सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।

निजमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्