१० साउन २०८३, आइतबार

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै बढी कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६७ हजार रुपैयाँ  नाघेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । तेजावी सुनको मूल्य प्रतितोला ६७ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढेका कारण नेपालमा पनि सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि सुनको मूल्य आइतवार ६६ हजार ३ सय रुपैयाँ रहेको थियो ।

सोमवार (आज)का लागि कायम गरिएको सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ७ सय ९५ रुपैयाँ रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्