२३ जेठ २०८३, शनिबार

कश्मीरमा थप ८ हजार सुरक्षाबल परिचालित

कश्मीरमा थप ८ हजार सुरक्षाबल परिचालित

काठमाडौं – भारतको केन्द्र सरकारले जम्मु तथा कश्मीर सम्बन्धी धारा ३७० खारेज गरेपछि छाएको अनिश्चितताका बीच लगभग आठ हजार थप अर्धसैनिक बलका सुरक्षाकर्मीहरूलाई कश्मीर उपत्यकामा तैनाथ गरिएको छ । यसमा थप वृद्धि पनि भइरहेको छ । 

भारतीय सेना र भारतीय वायुसेनालाई उच्च सतर्कताको स्थितिमा राखिएको छ । 

धारा ३७० को खारेजीसँगै भारतीय जनता पार्टीको नेतृत्वमा रहेको केन्द्र सरकारले जम्मु तथा कश्मीरलाई केन्द्रशासित राज्य बनाएको छ । भाजपाले जन्म भएदेखि नै धारा ३७० लाई खारेज गर्ने एजेन्डालाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।  

जम्मु तथा कश्मीरभित्रै रहेको लद्दाखलाई अब त्यसबाट छुट्ट्याएर बेग्लै राज्य बनाइएको छ । लद्दाख राज्य पनि केन्द्रशासित भूमि नै बनाइएको छ तर त्यहाँ विधानसभा रहने छैन । 

धारा ३७० लाई खारेज गर्ने विषयमा केही सेकेन्डको ढिलाइ पनि गर्नै नहुने गृहमन्त्री अमित शाहले बताए । 

शाहले जम्मु तथा कश्मीर (पुनःसंरचना) विधेयक पनि सदनसमक्ष प्रस्तुत गर्दै लद्दाखलाई छुट्टै राज्य बनाइने प्रस्ताव राखेका हुन् । 

लद्दाखी जनताले लद्दाखलाई केन्द्रशासित राज्य बनाउनुपर्ने माग लामो समयदेखि राखेको तर्क शाहले गरे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्