काठमाडौं, १५ चैत – नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तह चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

पार्टीको सोमबार सुरुदेखि भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन् ।
पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ ।