
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको कार मेलालाई यस वर्ष अझ बढी परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिई टाटा मोटर्सको शोरुम थापाथली काठमाडौंैंमा सम्पन्न गरको छ ।
ग्राहकको बाक्लो उपस्थितिमा कार्निभल ४ दिनसम्म चलेको थियो । नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ प्रालिले भव्य एवं सभ्य रुपमा टाटा मोटर्स कार्निभल आयोजना गरेकोे थियो ।
यसअघि पनि सिप्रदी ट्रेडिङ प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो, जसको छैठौं संस्करणसम्म आयोजना सफलतापूर्वक नै सम्पन्न गरिसकेको थियो ।
टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबैभन्दा ठूलो र भव्य कार्यक्रम थियो । जसलाई सिप्रदी ट्रेडिङ प्रालिले पूर्णरुपमा सफल समेत गरेको छ । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने कार्यक्रमबाट टाटा मोटर्सले ग्राहकबाट निकै नै राम्रो प्रतिक्रिया समेत प्राप्त गर्न सफल भएको छ ।
विशेषगरी वार्षिक रुपमा आयोजना हुने कार्यक्रम ग्राहक र सर्वसाधारण व्यक्तिका लागि गाडी हेर्न र किन्नका लागि कार्यक्रमको विशेष प्रतिक्षा रहन्थ्यो । ग्राहक यसअवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने विभिन्न अफर र विशेष छुटप्रति आकर्षित भइ लाभ समेत लिएका छन् ।
कार्यक्रमले सुस्ताइरहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लाससहित कार्यक्रम सम्पन्न भएको नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए । कार्यक्रममार्फत १ हजारभन्दा बढी ग्राहकको आगमन भएकोे उनले बताए ।
प्रतिष्पर्धी बजारलाई ध्यानमा राखी बजारमा रहेकोभन्दा फरक र आकर्षक छुट, अन्तर्राष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी टे«डिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।
टाटा कार्निभल कार्यक्रममा ग्राहकको उल्लेखनीय उपस्थितिले गर्दा नै कार्यक्रम एकदमै सफल भएको कम्पनीको दाबी रहेको छ । कार्यक्रममार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।
आगामी दिनमा समेत हर्ष र उल्लासका साथ यस्ता किसिमका कार्यक्रम गर्दै ग्राहकलाई अझ बढी सेवा र सुविधा दिने र ग्राहकसँग अझ नजिक हुने समेत कम्पनीले जनाएको छ ।