०१ साउन २०८३, शुक्रबार

कश्मिरको स्वतन्त्रता हनन् भयो, नेपाल सरकार यसको विरुद्धमा बोल्नुपर्छ - सांसद पौडेल

कश्मिरको स्वतन्त्रता हनन् भयो, नेपाल सरकार यसको विरुद्धमा बोल्नुपर्छ - सांसद पौडेल

काठमाडौँ- राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मिरमा गरेको हस्तक्षेपको सरकारले विरोध गर्नुपर्ने आवाज उठाएकी छिन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले कश्मिरीहरूको स्वतन्त्र रहने अधिकार भारतले हनन् गरेको र नेपाल सरकारले त्यसको विरोध गर्नुपर्ने बताएकी हुन् ।

'भारत सरकारले संविधानको ३७० धारा हटाएर प्रत्यक्ष शासन गर्ने निर्णय गरेको अवस्था छ,' पौडेलले भनिन्, '१९४८ को त्रीपक्षीय सम्झौता अनुसार उनीहरूलाई त्यहाँ जनमत संग्रह गर्ने अधिकार दिएको थियो, भारतले त्यो अधिकार हटायो ।'

यो विषय अत्यन्तै गम्भीर भएको भन्दै पौडेलले सरकारको ध्यानाकर्षण गराइन् । सरकार यसको विरुद्धमा बोल्नुपर्ने पौडेलको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्