०३ साउन २०८३, आइतबार

राष्ट्रपतिको चुनाव अगाडी तालिबानको यस्तो चेतावनी

राष्ट्रपतिको चुनाव अगाडी तालिबानको यस्तो चेतावनी
फाइल फोटो

अफगानिस्तान- अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ ।  सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुनगइरहेको मतदानको विरोध खडा गर्न आदेश दिएको छ ।

यस अगाडीका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए । यस  वर्ष त चुनावी हिंसा शुरु भइसकेको छ । 

अफगानिस्तानमा राष्ट्रपतीय पदको निर्वाचन अगामी सेप्टेम्बर २८ को लागि तय भएको छ ।  तर यसको चहलपहल शुरु हुन सकेको छैन र केही उम्मेदवारहरूले आफ्नो चुनावी अभियान सुरु गर्न सेकेका छैनन् । 

यस निर्वाचनलाई निरिक्षण गरिरहेका कैयौँ पर्यवेक्षकहरुका अनुसार  यो चुनाव पुनः स्थगित हुनेछ भन्ने रहेको छ । अमेरिका र तालिबानबीच शान्ति अन्तिम सम्झौताको लागि भन्दै यसअघि नै दुई पटक राष्ट्रपतीय चुनाव स्थगित गरिएको छ । 

अफगानिस्तानको चुनावले कुनै खास महत्व नराख्ने तालिबानले बताएको छ । सन् २०१४ को राष्ट्रपति चुनावमा पनि  ठगी र धोखा भएको तालिबानले आरोप लगाएका छन् । 

अमेरिकाको आदेशमा राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँड गर्ने सम्झौता भएको तालिबानको भनाई रहेको छ । 

चुनाबी अभियानको शुरुमा नै यसै महिनाको पहिलो दिन उपराष्ट्रपतिका उम्मेदवारका अम्रुल्लाह सालेहकोे कार्यालयमा  गरेको आत्मघाती आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु  भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्