०१ असार २०८३, सोमबार

हङकङ विरोध प्रदर्शनमा विरोधकर्तामाथि चलाइयो गाडी (भिडियो)

हङकङ विरोध प्रदर्शनमा विरोधकर्तामाथि चलाइयो गाडी (भिडियो)

काठमाडौं – हङकङमा भइरहेको विरोध प्रदर्शनका क्रममा एउटा भ्यान विरोधकर्ताहरूको भीडमाथि चलाइएको भिडियो सार्वजनिक भएको छ । 

युएन लोङमा मंगलवार खिचिएको भिडियोमा मिनीभ्यान रोडब्लक हुँदै गुडाइएर एकजना विरोधकर्तालाई लडाउन सफल भएको देखिन्छ । भ्यान चालक चाहिँ भागेका देखिन्छन् । 

के कारणले यो घटना भएको हो भन्ने स्पष्ट छैन तर सामाजिक सञ्जालमा आइरहेका टिप्पणीमा भ्यान चालक र विरोधकर्ताहरूका बीच झगडा परेको बताइएको छ । 

प्रदर्शनकारीहरूले भ्यानको विन्डशील्ड भत्काएको र गाडीमा ‘हत्यारा’ भनी पेन्ट गरेका थिए । 

घटनास्थलमा रहेको दाबी गर्ने एक व्यक्तिले झगडापछि चालकलाई थामथुम पारेको तर उक्त व्यक्ति फेरि भ्यानमा चढेर अवरोध भत्काउँदै विरोधकर्ताहरूलाई हान्न पुगेको बताए । 

प्रहरी अधिकारीहरू घटनास्थल पुगेको तर कोही पनि घाइते नभटेको अनि भ्यान चालकलाई पनि पत्ता लगाउन नसकेको प्रहरीले बतायो ।

प्रहरीले यो केस बन्द गरेको छ । 

विरोधकर्ताहरूले भने सामाजिक सञ्जालमा उक्त चालकको नाम र ठेगाना पोस्ट गरेका छन् । 

विरोधकर्ताहरूले मंगलवार सडक अवरोध गर्ने, ट्रेन रोक्ने अनि लगभग २०० वटा उडान रद्द गर्ने काम गरेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्